२९ जेठ २०८३, शुक्रबार

पहाडको बाटोमा गुडिरहेको कार छेउमा पुग्दा उड्यो (भिडियो)

माघ १३, २०७६
पहाडको बाटोमा गुडिरहेको कार छेउमा पुग्दा उड्यो (भिडियो)

फ्रान्समा चलिरहेको वर्ल्ड र्‍याली च्याम्पियनशिपमा एक गाडी हिउँले ढाकिएको पहाडको छेउबाट उडेको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

ओट तानाक नामक चालकले शुक्रवार चलाएको कार नागबेली बाटोमा जाँदै गर्दा नियन्त्रण गुम्न पुगेको थियो । ह्युन्डाई आई२० कार पहाडको छेउमा उडेको थियो । 

तानाक र उनका सहचालक मार्टिन जार्भिओजा कुनै पनि सहयोगविना कारबाट निस्कन सफल भएका थिए । उनीहरूलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ । 

भिडियोमा कार मज्जाले साँघुरो र घुमाउरो बाटोमा गुडिरहेको देखिन्छ । 

गाडी पहिला सडकको छेउतिर पुग्छ र तानाकले त्यसलाई सडकतिर ल्याउन बाध्य हुन्छन् ।

तर केही सेकेन्डभित्रै तानाकले गाडी बाहिरतिर लान्छन् ।

स्तब्ध भएका दर्शकहरूले हेर्दै गर्दा उनले गाडीलाई सडकको छेउबाट उडाउँछन् । गाडी त्यतिखेर १०० माइल प्रतिघन्टाको गतिमा गुडिरहेको हुन्छ । 

कार तल रहेको तटबन्धमा बज्रिन्छ र त्यसको विन्डस्क्रीन चकनाचुर हुन्छ । 

भुइँमा बज्रिएपछि कार पुल्टुंग हुन्छ र त्यसले आकाश र भुइँ छिटोछिटो देखाउँछ । 

ड्याशक्यामबाट कारको कुच्चिएको बोनेट देखिन्छ र कार पल्टा खाइरहन्छ । 

कारबाहिर खिचिएको भिडियोमा कार कसरी तीव्र गतिमा छेउमा गएको भन्ने देखिन्छ । 

कार हावामा उड्छ र रुखमा गएर ठोकिन्छ । 

तानाक र जार्भेओजाले कार दुर्घटनामा परेपछि प्रतियोगिता त्यागेका थिए ।  

तानाकले पोहोर साल टोयोटा गाडीमा च्याम्पियनशिप जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्