सभामुख अग्नि सापकोटाले आफू आवद्ध रहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन् ।
सभामुखको पदभार ग्रहण गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले ‘राजनीतिक दलको सदस्यबाट अलग रहेको’ जनाएका हुन् ।
‘संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ विज्ञप्तिमा उल्लेख छ ।
आइतवारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका सभामुख सापकोटाले सोमवार बिहान शपथ लिएपछि पदभार ग्रहण गरेका छन् ।
