राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा रहेको ‘काउन्सिलले दण्ड–जरिवाना गर्न सक्ने’ प्रावधान हटाएको छ ।
विधेयक प्रस्तुतकर्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटासहितको उपस्थितिमा सोमवार बसेको समितिको बैठकले उक्त प्रावधान हटाएको हो ।
विधेयकलाई अन्तिम रूप दिन समितिमा सोमवार बिहान र दिउँसो छलफल भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।