२२ जेठ २०८३, शुक्रबार

कोरोना भाइरस : ‘संक्रमण हुँदैमा आत्तिनुपर्दैन’

माघ १४, २०७६
कोरोना भाइरस : ‘संक्रमण हुँदैमा आत्तिनुपर्दैन’

कोरोना भाइरस संक्रमण भएको भन्दैमा नआत्तिन चिकित्सकहरूले आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले संक्रमण भयो भन्दैमा नआत्तिन आग्रह गरे । 

कोरोना भाइरस संक्रमणको पुष्टि भएका एक जना नेपाली सकुशल अवस्थामा छन् । स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । 

उनले भने, ‘त्यति धेरै आत्तिनुपर्दैन तर सर्तक रहनुपर्छ । सामान्य स्वस्थ नागरिकलाई संक्रमया भएपछि मृत्यु नै भइहाल्दैन ।’ राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्