२१ जेठ २०८३, बिहीबार

विराटनगरमा स्व. सुशील कोइराला फाउन्डेसन भवन निर्माण हुने

विराटनगरमा स्व. सुशील कोइराला फाउन्डेसन भवन निर्माण हुने
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली कांग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगलवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिइन् ।

स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताइन् ।

भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्