१९ असार २०८३, शुक्रबार

दर्शकको मनोरञ्जनका लागि भन्दै चिडियाखानाले सुँगुरका पाठालाई बाघको खोरमा पठायो (भिडियो)

दर्शकको मनोरञ्जनका लागि भन्दै चिडियाखानाले सुँगुरका पाठालाई बाघको खोरमा पठायो (भिडियो)

थाइल्यान्डको सी राचा चिडियाखानाले बाघको खोरमा दुईवटा सुँगुरका पाठा राखेपछि विवाद निम्तिएको छ । पर्यटकहरूको मनोरञ्जनका लागि भन्दै पाठाहरू खोरमा राखिएको थियो । 

बाघले सुँगुरका पाठा लखेटेको दृश्य देखाएर चिडियाखानाका पर्यटकको संख्या बढाउन खोजिएको थियो ।

घटनाको भिडियो फूटेजमा दुई पाठा खोरको देब्रेपट्टि राखिएको र २१ वर्षीया बघिनी साइमाइले उनीहरूलाई हेरेको देखिन्छ । 

साइमाइले एक पाठामाथि आक्रमण गरेको देखिन्छ । 

बाघले बिचरो पाठोलाई पञ्जाले भुइँमा पछारेको र उसको ढाडमा आफ्नो दाह्रा गाडेको देखिन्छ । 

बाघलाई चिडियखानाको कर्मचारीले ध्यान भंग गरेपछि पाठो पञ्जाबाट फुत्किन सफल हुन्छ । 

भिडियो सार्वजनिक भएपछि आक्रोश फैलिएको छ । पशु कल्याण अधिकारीहरूले घटनाको भोलिपल्ट चिडियाखाना भ्रमण गरेका थिए । 

यसरी जनावरहरूलाई अर्को जनावरको खोरमा लगेमा चिडियखानाको अनुमतिपत्र रद्द गरिने उनीहरूले चेतावनी दिए । 

अचम्मको कुरा त बाघको खोरमा साइमाइ मित्रवत जनावर भएको र सुँगुर्नीको दूध खाएर हुर्किएको लेखिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्