३० जेठ २०८३, शनिबार

यस्तो देखियो कोरोनाभाइरस उपचारका लागि चीनमा बनाइएको अस्पताल (भिडियो)

माघ १४, २०७६
यस्तो देखियो कोरोनाभाइरस उपचारका लागि चीनमा बनाइएको अस्पताल (भिडियो)

चीनको वुहान शहरमा कोरोनाभाइरसको उपचारका लागि बनाइँदै गरेको अस्पताल बनाउन थालेको पाँच दिन भएको छ । टाइम्स ल्याप्स फूटेजमा अस्पतालले आकार लिन थालेको देखिन्छ । 

हुओशेनशान वा फायर गड माउन्टेन हस्पिटल वुहानको पश्चिमी भागमा रहेको छ । नोवल कोरोनाभाइरसको संक्रमण वुहानबाटै शुरू भएको हो । 

अधिकारीहरूले चारवटा निर्माण कम्पनीहरूलाई एक हप्ताभित्र एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिएका छन् । सोमवारबाट अस्पतालमा बिरामी हेर्न थालिने सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

चीनले कोरोनाभाइरसको विस्तार रोक्नका लागि कम्तीमा चारवटा अस्पताल बनाइरहेको छ । वुहानमा दुईवटा अस्पताल द्रुत गतिमा बन्दैछन् भने नजिकै रहेको हुआङगाङ शहरमा एक र हेनान प्रान्तको झेनझोउमा अर्को अस्पताल बनाइँदैछ । 

पिपुल्स डेलीले सार्वजनिक गरेको ड्रोन फूटेजमा ट्रक, खन्ने उपकरण र मजदूरहरू पूरै खटिएर काममा लागेको देखिन्छ अनि दर्जनौं शिपिङ कन्टेनरहरू एकातिर राखिएको देखिन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्