२५ जेठ २०८३, सोमबार

सापकोटा सभामुख पदमा रहन योग्य, सर्वोच्चले भन्यो यस्तो...

माघ १५, २०७६
सापकोटा सभामुख पदमा रहन योग्य, सर्वोच्चले भन्यो यस्तो...

सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध युद्धकालमा हत्या आरोप लागेको भन्दै उनलाई सभामुख बनाउने  सत्तारूढ नेकपाको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भई शपथ लिएर पदभारसमेत गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन भन्ने आदेश दिएको हो । 

सोमवार उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । मंगलवार पक्ष र विपक्षका वकिलको बहसपछि यस्तो आदेश भएको हो । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्