०३ असार २०८३, बुधबार

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै सडक आन्दोलनमा क्रान्तिकारी माओवादी

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै सडक आन्दोलनमा क्रान्तिकारी माओवादी

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै तीन महिने अभियान शुरू गरेको छ । 

काठमाडौं, पोखरा, विराटनगर, बुटवल र महेन्द्रनगरमा एक साथ कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको हो । 

काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई क्रान्तिकारी माओवादीका प्रभावशाली नेता सीपी गजुरेललगायतले सम्बोधन गरेका थिए । 

कोण सभाअघि उनीहरूले ‘ग्रेटर नेपाल’को नक्सासहित प्रदर्शन गरेका थिए । सहभागीहरूले नेपाली भूमिको रक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्