०१ साउन २०८३, शुक्रबार

अब महानगरवासीलाई गंगालालमा निःशुल्क अक्सिजन

अब महानगरवासीलाई गंगालालमा निःशुल्क अक्सिजन

मुटुको समस्या भएर गंगाला हृदय केन्द्रमा उपचार गर्न पुग्ने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौँ महानगरले प्लान्ट स्थापना गरिदिने भएको छ।

त्यसका लागि सहिद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्र र महानगरबीच बुधबार सहमति पत्रमा हस्ताक्षर भयो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका मेयर विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरे।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । यसरी गरिएको बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खातामा पठाइदिनेछ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि कार्यक्रममा धारणा राख्दै उपप्रधानमन्त्री पोखरेलले, महानगरपालिकाले बिशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरेको कामको सराहना गरे।

महानगरले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ छुट्याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्