२९ असार २०८३, सोमबार

सरकारी होस्टलमा युवती गर्भवती भएपछि...

सरकारी होस्टलमा युवती गर्भवती भएपछि...

भारतको झारखन्डमा आवासीय स्कूलमा एक युवती गर्भवती भएपछि स्कूल प्रशासनमा हल्लीखल्ली मच्चिएको छ। 

कस्तूरबा आवासीय स्कूलमा छात्रा गर्भवती हुने गरेको घटना बढेको भारतीय सञ्चारमाध्यम आजतकले समाचारमा उल्लेख गरेको छ।

यद्यपि स्कुल प्रशासनले भने आवासीय स्कूल सुरक्षित रहेको र छात्रा विदाका बेला घर गएर फर्कँदा गर्भवती भएको देखिएको बताएका छन्।

हालै मात्र सो स्कूलकी एक छात्राले सन्तान जन्माएकोमा  फेरि सोही स्कूलकी अर्की छात्रा गर्भवती भएको खबर छ। 

शिक्षा विभागका प्रधान सचिव एपी स‍िंह होस्टल बाहिरको क्रियाकलापमा प्रशासन हस्तक्षेप गर्न नसक्ने बताउँछन्।


 

salt training

कमेन्ट गर्नुहोस्