२८ असार २०८३, आइतबार

रकम नपाएपछि उखु किसान आन्दोलित, फेरि काठमाडौं आउने चेतावनी

माघ १६, २०७६
रकम नपाएपछि उखु किसान आन्दोलित, फेरि काठमाडौं आउने चेतावनी

सरकारले तोकेको समय सीमामा उद्योगीले भुक्तानी नदिएको जिल्लाका उखु किसान पुनः आन्दोलित भएका छन् ।

माघ १४ देखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माग पूरा नभए पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उखु उत्पादक कषक समितिका अध्यक्ष उमेश यादवले माघ १९ सम्म पनि समस्या समाधान नभए काठमाडौं केन्द्रित आन्दोलन गरिने बताए ।

माघ ७ गतेभित्र किसानको बक्यौता रकम तिर्न उद्योगीले सरकारसँग सहमति जनाएका थिए । तर, उक्त समय सीमा बितेको साता हुँदा पनि किसानले रकम पाएका छैनन् ।

सरकारले पनि उद्योगीलाई कारबाही गर्न सकेको छैन । उखु उत्पादक कषक समिति नवलपरासीका अनुसार जिल्लाका दुई उद्योगले किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्दिरा सुगर मिलले १४ करोड र लुम्बिनी चिनी मिलले ११ करोड रकम तिर्न बाँकी छ। वाग्मती चिनी उद्योगले भुक्तानी गर्नुपर्ने ९ करोड रकम किस्ता किस्तामा तिरिरहेको छ ।

किसानको आन्दोलनमा पश्चिम नवलपरासीका राजनीतिक दलका प्रतिनिधिले ऐक्यबद्धता जनाएका छन्। जिल्लाको इन्दिरा उद्योग मर्मत नभएको भन्दै बन्द छ ।

किसानले बक्यौता रकम नदिएसम्म चल्न नदिने भनेपछि प्राविधिक कारण देखाउँदै उद्योग बन्द गरिएको हो। सुनवलको लुम्बिनी चिनी मिलले सूचना नै टाँसेर यस वर्ष उद्योग सञ्चालन नहुने जनाइसकेको छ ।

दुई उद्योग बन्द भएपछि किसानले वाग्मती उद्योगलाई मात्र उखु दिँदै आएका छन् । गत वर्षको बक्यौता रकम भुक्तानी गर्दै उद्योग चलाइरहेको वाग्मतीका सञ्चालक राम थापाले बताए। कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्