
मौनी रोय बलिउडका लागि चर्चित नाम हो । चाहे उनी बुहारीको भूमिकामा होस् या नागिनको । उनले आफ्नो भूमिकालाई उत्कृष्ट ढंगले निभाउँछिन् ।
अहिलेको स्थानमा आइपुग्न उनले अफ्ट्यारा दिन भोगेकी छन् । त्यसैले उनले साबित गरिदिइन् कि कोशिश गर्नेले कहिल्यै पनि हार्दैन ।
केही यस्ता सिरियल छन् जसमा मौनी मुख्य भूमिकामा देखिएकी छन् र उनकै कारण सिरियलको टीआरपी बढेको छ ।
'क्योंकि सास भी कभी बहू थी', 'देवों के देव..महादेव', 'नागिन' जस्ता सिरियलमा उनले दमदार अभिनय गरेकी छन् जसलाई मानिसहरूले हत्तपत्त भुल्न सक्दैनन् ।
मौनीले अक्षय कुमारसँग पनि काम गरेकी छन् । उनले फिल्म 'गोल्ड'मा राम्रो अभिनय गरेकी थिइन् । त्यसपछि उनले फिल्म 'मेड इन इन्डिया'मा पनि काम गरिन् । उक्त फिल्ममा उनी राजकुमार रावसँग देखिएकी थिइन् ।
सफल अभिनेत्री मौनीको सम्पत्ति कति छ ? तपाईंको मनमा यो प्रश्न उठ्न सक्छ । भारतीय सञ्चारमाध्यमका अनुसार मौनीको कुल सम्पत्ति एक मिलियन डलर अर्थात् ८ करोड भारु छ ।
एक रिपोर्टका अनुसार उनले एउटा शोको पारिश्रमिक ३० देखि ४० लाख भारुसम्म लिने गर्छिन् । उनले हालै अपार्टमेन्ट समेत किनेकी छन् ।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले बेलाबेलामा हट तस्वीरहरू पोस्ट गर्ने गर्छिन् ।