२६ असार २०८३, शुक्रबार

कोरोनाप्रति सचेतना : नेकपा केन्द्रीय सदस्यलाई मास्क बाँढ्दै वामदेव !

कोरोनाप्रति सचेतना : नेकपा केन्द्रीय सदस्यलाई मास्क बाँढ्दै वामदेव !
तस्वीर सौजन्य : शिलापत्र डट्कम

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको समयमा सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभागृह पुगे ।

सर्जिकल मास्क लगाएर सभागृह छिरेका वामदेवका सहयोगीले झोलाभरी मास्क बोकेका थिए । उनले त्यहाँ केन्द्रीय सदस्यहरूलाई मास्क बाँढ्दै अभिवादन फर्काए ।

‘कमरेडहरू कोरोना भाइरसको सन्त्रास छ, बच्नु होला !’ स्वास्थ्यप्रति सचेत गौतमले केन्द्रीय सदस्यहरूलाई मास्कको महत्त्व बुझाए ।

चीनको हुवानबाट फैलिएको कोराना भाइरसले अहिले विश्वव्यापी संकट निम्त्याएको छ । ‘कोरोनाप्रति सचेतनाका लागि उहाँले मास्क बाँढ्नुभएको हो,’ गौतमका एक सायोगीले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्