१० साउन २०८३, आइतबार

सरकारमा नजाने बरू समाजवादीसँग एकता गर्ने मुडमा राजपा

सरकारमा नजाने बरू समाजवादीसँग एकता गर्ने मुडमा राजपा
file photo

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् ।

रिपोटर्स क्लबद्वारा आयोजित साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताएका हुन् ।

उनले भने, 'सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।'

संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रष्ट्याए ।

उनले यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास दिलाए ।

salt training

कमेन्ट गर्नुहोस्