०६ असार २०८३, शनिबार

काठमाडौँपछि पहिलोपटक पोखरामा त्रिविकाे शिक्षण अस्पताल: एक अर्ब लागत, ३०० शय्या रहने

काठमाडौँपछि पहिलोपटक पोखरामा त्रिविकाे शिक्षण अस्पताल: एक अर्ब लागत, ३०० शय्या रहने

गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो।

०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहान गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे। क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ ।  

२३ रोपनी १२ आना जग्गामा एक अर्व २६ करोड लागतमा अस्पताल भवन बनाउन लागिएको क्याम्पस प्रमुख नीता ताम्राकारले बताए। त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागिएको हो ।
 
६ तले अस्पताल भवनमा अन्तरङ्ग, बहिरङ्ग, सुत्केरी हल, शल्यक्रियाकक्ष, बच्चा हल, सर्जरी, हाडजोर्नी, न्यूरो, आइसियु, सिसियू, एनआइसियू, फार्मेसी, ब्लड बैङ्क, प्रयोगशाला, लगायतका छुट्टाछुट्टै ब्लक बनाइने क्याम्पस प्रमुख ताम्राकारले जानकारी दिए।

तीन सय शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पु¥याउने योजना रहेको बताइएको छ । शिक्षण अस्पतालमा नर्सिङ पढाउनुका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको बताइन्छ । भवन शिलान्यास गर्दै मन्त्री गुरुङले अस्पताल निर्माणदेखि सञ्चालनसम्मको नेतृत्व प्रदेश सरकारले लिने बताए।

 प्रदेश सरकारले चालू आवमा अस्पताल भवन बनाउनका लागि  एक करोड बजेट विनियोजन गरेको थियो

क्याम्पसले विसं २०४०  देखि तीन वर्षे प्रवीणता प्रमापणपत्र तह नर्सिङमा कक्षा सञ्चालन गरेको थियो । हाल तीन वर्षे व्याचलर अफ नर्सिङ इन साइन्स (बिएनएस), चार वर्षे व्याचलर अफ साइन्स इन नर्सिङ (बिएससी नर्सिङ) तथा नर्सिङका स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्दै आएको छ। 

salt training

कमेन्ट गर्नुहोस्