३१ जेठ २०८३, आइतबार

पुन: आन्दोलनमा उत्रदै उखु किसान

माघ १७, २०७६
पुन: आन्दोलनमा उत्रदै उखु किसान

सरकारसँग मएका सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका छन् ।

जिल्लामा पटक-पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लाे महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए ।

उखु  किसान पुसका चिसोमा कठ्याङ्ग्रिएर भूक्तानी माग्न धर्ना‍मा बसेपछि सरकारले पुस १८ गते पाँचवुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पूरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएका थियो।

उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्