२८ जेठ २०८३, बिहीबार

रुस्लान अब अस्ट्रेलिया, जापान, कोरिया र बेल्जियमसम्म पनि

रुस्लान अब अस्ट्रेलिया, जापान, कोरिया र बेल्जियमसम्म पनि

नेपालको अति लोकप्रिय रुस्लान भोड्काले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न थालेको छ ।

अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने छ ।

नेपाली बजारमा पारखीको पहिलो रोजाइको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमित छाप छोड्न सफल हुनेमा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् ।

रुस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोड्का हो ।

रुस्लानको अद्वितीय गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । 

चीन, थाइल्याण्ड लगायतका देशहरूमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्