०२ असार २०८३, मंगलबार

कारगील युद्धमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकूल

कारगील युद्धमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकूल

झापाको मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगीलमा ज्यान गुमाएका दुई नेपालीको स्मृतिमा गुरुकूल सञ्चालन गरिएको छ ।

युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री (थापा) र उनकै दाजु महेश क्षेत्री (थापा)को स्मृतिमा रु एक करोड १० लाखमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकूल सञ्चालन गरिएको हो । 

उनीहरू दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्धमा ज्यान गुमाएका थिए । उनीहरूकै स्मृतिमा थापा परिवारले स्थानीय सुभद्रा राईले निःशुल्क दिनुभएको रु ४८ लाख मूल्यको १६ कट्ठामा गुरुकूल सञ्चालनमा ल्याइएको थापा परिवारका सदस्य रामहरिले थापाले बताए ।

गुरुकूल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लले गुरुकूलमा योग शिक्षा, वेद, गीता, कर्मकाण्ड पढाइ हुने बताए । यसलाई भविष्यमा शहीद स्मारक जडीबुटी उद्यान बनाउने योजना छ ।

उनले भने, 'गुरुकूलमा विनाभेदभाव, सबै जातजाति, वर्ग समुदायका बटुकलाई भर्ना लिइ शिक्षा दिएर नेपालकै उदारहणीय बनाउँछौं ।'

उनले स्थानीय प्रेमलाल न्यौपानेलेसमेत गुरुकूलका लागि थप एक बिघा जग्गा निःशुल्क प्रदान गरेको बताए ।

गुरुकूलको उद्घाटन मेचीनगरका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले श्री पञ्चमीमा गरेका थिए ।

उनीहरू दुवैले गुरुकूलको संरक्षण तथा सम्वद्र्धन गर्नु नगरको दायित्व भएको बताउँदै कुनै अभाव र समस्या आउन नदिने धारणा व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्