०९ असार २०८३, मंगलबार

उहानमा कोठाभित्र थुनिए नेपाली विद्यार्थी, भन्छन्, खानेकुरा सकियो, बाहिर जाने अवस्था छैन

माघ १८, २०७६
उहानमा कोठाभित्र थुनिए नेपाली विद्यार्थी, भन्छन्, खानेकुरा सकियो, बाहिर जाने अवस्था छैन

चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ ।

भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो।

डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन्।

उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ । 'के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लेजाने रहेछ ?', विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, 'बन्दी जीवन बिताइरहेका छौं। भाइरसले कताबाट छुने हो तनावमा छौ। नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ। किन्न जाने अवस्था छैन।

सँगै रहेका विदेशी विद्यार्थी धमाधम  फर्किएपछी एक्लो महसूस गरिरहेको एक नेपालीले बताए।अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्