२९ असार २०८३, सोमबार

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताएका छन् ।

सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को शनिवार लोकार्पण गर्दै उनले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए ।

‘मुलुकमा ठूलो परिवर्तन आएपनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य इन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको चर्चा गरे । साहित्यकार कृष्ण धारावासीले भूमि अतिक्रमणको विषयलाई जोडदार रुपले उपन्यासले उतार्ने कार्य गरेको टिप्पणी गरे ।

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए । समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्