३० जेठ २०८३, शनिबार

भारतको बजेट ३०.४२ ट्रिलियन, आयकरमा छुट

भारतको बजेट ३०.४२ ट्रिलियन, आयकरमा छुट

 भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेको छ। 

भारतीय अर्थमन्त्री निर्मला सितारमणले  गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरिएको बताइन्।

अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

केन्द्र सरकारका अर्थमन्त्री सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन्। 

जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०÷०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ । 

सरकारको संशोधित अनुमान अनुसार  चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन रहने छ । भारतले आयकरमा पनि हेरफेर गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्