
ठमेल ज्याठास्थित एक होटलको फ्ल्याट नै कब्जा गरी बसेका दुई जना टोले गुण्डालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय अजय र्याम्बो भन्ने कोर्ते गुरुङ र ४४ वर्षीय टाँसी गुरुङ छन् ।
मानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आफूलाई यी दुई जनाले होटल संकटा तथा अपार्टमेन्टको एउटा फ्ल्याट विगत छ महिनादेखि कब्जा गरी राखेका थिए ।
उनीहरूको गुण्डागर्दीको कारण सञ्चालकले होटल नै बिक्री गर्नु परेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।