
वैज्ञानिकहरूले धुम्रपानकर्तालाई एउटा खुशीको खबर ल्याएका छन् ।
तिनीहरूका अनसार मानव फोक्सोसँग धुम्रपानको कारण पुगेको क्षति मर्मत गर्न एक प्रकारको जादुमयी क्षमता रहको छ ।
तर यसको लागि भने धुम्रपान त्याग्नै पर्ने बताइएको छ ।
विगतमा फोक्सो को क्यान्सरमा देखिने समस्या स्थायी हनु तथा धुम्रपान त्याग पनि त्यसमा कही परिवतन नआउन सो चिने गरिन्थ्यो ।
तर हेल्थ जर्नल नेचरमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनमा भने फोक्सोको क्षति हुनबाट जागिएका केही कोषले फोक्सोको मर्मत गर्न सक्ने उल्लेख गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।