२८ असार २०८३, आइतबार

कोरोनाभाइरसले लियो चीनमा ३६१ जनाको ज्यान, सार्सलाई उछिन्यो

कोरोनाभाइरसले लियो चीनमा ३६१ जनाको ज्यान, सार्सलाई उछिन्यो

चीनको वुहानमा शुरू भएको नोवल कोरोनाभाइरसका कारण देशमा ३६१ जनाको ज्यान गएको छ । सन् २००३ मा आएको सार्स महामारीले भन्दा कोरोनाभाइरसले बढी ज्यान लिएको छ । 

चीनका स्वास्थ्य अधिकारीहरूले सोमवार ३६१ जनाको मृत्युको पुष्टि गरे । आइतवार साँझसम्म चीनमा कोरोनाभाइरसका १७ हजार २०५ केस देखिएका छन् । 

सत्र वर्षअघि देखिएको सार्सका कारण चीनमा ३४९ जनाको मृत्यु भएको थियो भने ५ हजार ३२७ जना संक्रमित भएका थिए । 

चीनबाहिर कोरोनाभाइरसका कारण एकजनाको मृत्यु भएको छ । वुहानबाट फिलिपिन्स गएका ४४ वर्षीय एक चिनियाँ नागरिकको शनिवार मृत्यु भएको छ । 

अहिलेसम्म चीनबाहिर १७५ वटा संक्रमणका केस देखिएका छन् । संसारभरिका २५ देश र नियन्त्रित भूभागमा यो संक्रमण देखिएको हो । चीनसँग सीधा सम्पर्कमा रहेका अधिकांश देशमा संक्रमण देखिएको हो । 

धेरै देशहरूले चीनबाट आउने यात्रुका लागि आफ्नो सीमा बन्द गरेका छन् र प्रमुख एयरलाइन्सहरूले चीनबाट आउने र चीन जाने उडान रद्द गरेका छन् । 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्