कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।
म्याग्दी, कास्की, लमजुङ, रुकुम पश्चिम र जाजरकोटमा गएको पहिरो तथा बाढीमा परी १८ जनाको मृत्यु भएको हो ।
म्याग्दीमा पहिरो, हालसम्म ३ जनाको मृत्यु, ३० जना बेपत्ता
म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ३० जना बेपत्ता भइरहेको सहायक जिल्ला अधिकारी महेश सुवेदीले लोकान्तरलाई जानकारी दिए ।
धौलागिरी ७ का २ जना, र रघुगंगा गाउँपालिका ६ का एक जनाको मृत्यु भएको उनले जनाए ।
उनले भने, ‘तीन जनाको मृत्यु भएको पुष्टि भएपनि उनीहरूको पहिचान भइसकेको छैन ।’
अहिले उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनालगायतको टोली पुगिसकेको छ ।
उनका अनुसार, प्रमुख जिल्ला अधिकारीसहितको टोली हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएका छन् ।
सडकमार्ग हुँदै जाने टोली भने त्यहाँ पुग्न समय लाग्ने सुवेदीले बताए ।
पहिरोका कारण बेनीको बेलीब्रिज पूर्ण रुपमा क्षति भएको छ ।
कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो
अविरल वर्षापछि आएको पहिरोले पोखराका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीमा टंकबहादुर थापाको घर पहिरोमा पर्दा उनीसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
बिहीबार राति साढे २ बजे घरमाथिबाट पहिरो आई घर पुरिँदा ५० वर्षका टंकबहादुर सहित उनकी ४५ वर्षीया श्रीमती सोममाया, ११ वर्षीया नातिनी इशिका थापामगर, टंकको दाइको नाति ६ वर्षीय सुवान थापा र टंकको साली सरस्वती श्रेष्ठका छोरा ८ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको हो ।
पहिरोमा परी टंकको छोरी २२ वर्षीया पिंकी थापा, १८ वर्षीया छोरी आशा थापामगर घाइते छन् ।
यस्तै, पिंकीको ५ वर्षीया छोरी पिरिशा थापामगर, सोममायाकी बहिनी २८ वर्षीया सरस्वती श्रेष्ठ, सरस्वतीको १० वर्षीय छोरा सन्देश, छिमेकीमध्ये १९ वर्षीय अनिश तामाङ, १९ वर्षीय रशि थापा, १९ वर्षीया रश्मी थापामगर घाइते छन् । उनीहरुमध्ये पिंकीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र बाँकीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
गएराति टंकबहादुरको छोरी पिंकीको जन्मदिन मनाउने सिलसिलामा छिमेकी तथा आफन्त पनि भेला भएका थिए । जसका कारण परिवारका सदस्यसहित छिमेकी पनि पहिरोको चपेटामा परेको स्थानीय दीया ढकालले जानकारी दिइन् । जन्मदिन मनाएकी पिंंकी आफैको पहिरोले दुवै खुट्टा भाँचिएका छन् ।
सडक विस्तार क्रममा खनिएको नालीको उचित व्यवस्थापन हुन नसक्दा अविरल वर्षासहित आएको भेलले टंकबहादुरको घर पहिरोले बगाएको हो । पहिरो करिब १ सय २० मिटर लामो गएको छ ।
पहिरो गएको थाहा पाएपछि प्रहरी चौकी सराङकोटबाट प्रहरी नायव निरीक्षक सुमन निउरेको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । पछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा ११ जनाको टोलीसहित स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी अस्पताल लगिएको प्रवक्ता सुवास हमालले बताए ।
उता, पोखरा २५, हेम्जामा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको छ । बिहीबार साढे २ बजे घर पछाडिबाट आएको पहिरोले घरको गारो भत्किँदा च्यापिएर अधिकारीको मृत्यु भएको हो ।
यस्तै, पोखरा २६, पैतेडाँडाका दुर्गाबहादुर सुनारको पनि पहिरोले घर भत्किदा मृत्यु भएको छ ।
जाजरकोटको बारेकोटमा पहिरोको वितण्डा : ३ जनाको शव भेटियो, ९ जना बेपत्ता
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. चारको बोहोरा गाउँमा बिहीवार राति गएको पहिरोमा परि ३ जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् ।
बोहोरा गाउँमा बस्दै आइरहेका ६ जना सार्की परिवारको घरलाई पहिरोले पुरेको प्रदेश सभा सदस्य कृष्णा शाहले लोकान्तरलाई बताइन् ।
'हालसम्म ३ जनाको शव फेला परेको छ । ९ जना बेपत्ता हुनुहुन्छ,’ उनले भनिन्, ‘अहिले जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।'
लमजुङमा पहिरोमा एकैघरका ३ जनाको मृत्यु
लमजुङ सदरमुकाम बेशीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।
बेशीशहर नगरपालिका–७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो ।
लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया वीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् ।
घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले घर पुर्दा रुकुम पश्चिममा २ जनाको मृत्यु, १ घाइते
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।
तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ । स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
उहाँका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय आठबीसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...