×

NMB BANK
NIC ASIA

सत्ता साझेदारबीच नै प्रतिस्पर्धा

पेचिलो बन्दै इलाम– २ को उपनिर्वाचन : सत्तारुढ दलहरू नै आमनेसामने !

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इलाम २ मा हुने उपनिर्वाचनमा सत्ता समीकरणमा आबद्ध दलहरू समेत एकआपसमा भिड्ने भएका छन् । सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमालेबाहेक नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीसम्मले आफ्नै उम्मेदवारी अगाडि सार्ने निर्णय गरिसकेका छन् ।  

Muktinath Bank

बुधबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले इलाम र बझाङमा उम्मेदवार उठाउने निर्णय गरेको छ । उम्मेदवार तय गर्न सिफारिश भएर आएका धीरेन्द्र शर्मा रमण, उर्मिला तामाङ, ओम गुरुङ र अनिल बराइलीमध्येबाट उम्मेदवार चयन गर्ने तयारी माओवादीले गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले पनि जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले इलाम र बझाङमा उम्मेदवारी दिएर जानेबारे पार्टीमा सर्वसम्मत मत रहेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘बुधबार बिहान मात्रै हाम्रो पदाधिकारी बैठकले सर्वसम्मत रूपमा इलाम र बझाङमा उम्मेदवार उठाएर जाने निर्णय गरेको छ,’ उनले लोकान्तरसँग भने, ‘पार्टीहरूले आ–आफ्नो हिसाबले उम्मेदवार उठाएपछि सत्ता समीकरणमा भए पनि हामीले पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेका हौं ।’

Vianet communication
Laxmi Bank

आफ्नै हिसाबले उम्मेदवार उठाए पनि यही कारणले सत्ता समीकरणमा कुनै असर नपर्ने उनी बताउँछन् । 

‘अहिले हामीले सत्ता गठबन्धन भनेका छैनौं, समीकरण मात्रै भनेका छौं,’ पोखरेलले भने, ‘समीकरणका दल सबैले उम्मेदवार उठाएपछि उम्मेदवारी दिने र फिर्ता लिने समयसम्म दलहरूबीच संवाद होला । तर, उम्मेदवारी कायम राख्नुपर्छ भन्ने मत बलियो छ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि सत्ता समीकरण सरकार सञ्चालनका लागि मात्रै भएको जानकारी दिए । 

‘हाम्रो सत्ता समीकरण सरकार सञ्चालनका लागि मात्रै हो,’ उनले लोकान्तरसँग भने, ‘सबै दल उम्मेदवारी दिन स्वतन्त्र छन् । एमालेको विरासत भएको क्षेत्र र सम्मानित नेता सुवास नेम्वाङ जित्दै आउनुभएको क्षेत्रमा यसपटक सुहाङ सहजै जित्नुहुन्छ ।’

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार टुंग्याउने अन्तिम गृहकार्य गरिरहेको छ । गत निर्वाचनबाट उदाएको रास्वपाले इलामकै कुनै चर्चित युवालाई उम्मेदवार बनाउने तयारी गरेको हो । आवेदन परेकामध्ये उम्मेदवारको क्षमता, योग्यता र प्रस्तुतिका आधारमा चैत १७ गते उम्मेदवार सार्वजनिक तयारी रास्वपाको छ । 

उपनिर्वाचनमा सत्ता गठबन्धन दल नै एक्लाएक्लै लड्ने गरी अगाडि बढ्न लागेका हुन् । यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारीमा रास्वपा रहेको दाबी नेताहरूले गरेका छन् । 

यता कांग्रेसले पनि उम्मेदवार चयनको गृहकार्य गरिरहेको छ । कांग्रेसले २०७९ को चुनावमा नेम्वाङसँग ११४ मतले पराजित भएका डम्बरकृष्ण खड्कालाई नै उम्मेदवार बनाउने सम्भावना बढी रहेको बताइन्छ । खड्का कांग्रेसका जिल्ला सभापति हुन् । खड्काबाहेक भेषराज आचार्य अर्का बलिया दाबेदार हुन् । 

‘अघिल्लोपटक नेम्वाङलाई हराउने गरी खड्काले चुनौती दिनुभएको थियो । अन्य पार्टीका युवा उम्मेदवार हुँदा फेरि पनि खड्का नै पहिलो दाबेदार हो’, कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँबाहेक भेषराज आचार्य पनि कांग्रेसको अर्को सशक्त दाबेदार हो भन्ने बुझेका छौं ।’

उनीबाहेक कांग्रेसबाट केशव थापा, नगेन्द्र कुमाल, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमायाँ लिम्बू र शान्तिकला तामाङको नाम उम्मेदवारका रूपमा सिफारिश भएर आएको छ । सिफारिश भएर आएका आकांक्षीसँग सभापति शेरबहादुर देउवाले बुधबार छलफल गरेका छन् । आफ्नै निवास बूढानीलकण्ठमा देउवाले उनीहरूसँग छलफल गरेका हुन् । 

गत निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी मिलेर चुनाव लड्दा एमाले एक्लै भिडेको थियो, जसमा सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले २६,५६२ र कांग्रेसले २२,३३३ मत ल्याएका थिए । रास्वपाले ४६८६ मत ल्याएको थियो । 

गत निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नरहेकामध्ये माओवादीले समानुपातिकमा ५ हजार १५३ र नेकपा एकीकृत समाजवादीले ५८६ हाराहारीमा मत पाएका थिए । 

रास्वपाका प्रकाश सापकोटाले १३८०, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुंवाले १२७२, जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए । 

पहिचानवादीबाट को बन्दैछन् उम्मेदवार ? 

परम्परागत दल र रास्वपामात्रै होइन, इलाममा पहिचानवादीहरू पनि प्रतिस्पर्धामा उत्रिन लागेका छन् । कोशी नामकरणमा असन्तुष्ट पहिचानवादी पक्षधरले पनि इलाममा उम्मेदवार दिएर जाने तयारी गरेका छन् । पहिचानवादीका तर्फबाट प्रेमदीप थाम्सुहाङ र डकेन्द्रसिंह थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । थेगिम कोशीको पुनः नामकरण संघर्ष समितिका अध्यक्ष पनि हुन् । थाम्सुहाङको उम्मेदवारीलाई जनमत पार्टीले पनि समर्थन गर्ने जनाएको छ । 

इलाम २ मा कुन–कुन पालिका पर्छन् ? 

इलाम २ मा फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिकाका सबै वडा पर्छन् । त्यस्तै, नगरपालिकामा देउमाइका पूरै वडा, इलाम नगरपालिकाको १ देखि ९, ११ र १२ नम्बर वडा पर्छन् । माई नगरपालिकाको भने ६, ७ र ८ नम्बरका वडा यो क्षेत्रमा पर्छन् । पालिकामा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । 

पालिकाका कसले कहाँ जितेका थिए ?

इलाम नगरपालिकामा कांग्रेसका केदार थापाले एमालेका धीरेन कुमार चेम्जोङलाई २५७८ मतान्तरले पराजित गरेका थिए । वडातर्फ कांग्रेसले १, ३ देखि ९ र १२ का वडाध्यक्ष जितेको थियो । एमालेले २, ३ र ११ नम्बरका वडाध्यक्षमात्रै जितेको थियो । कांग्रेसले अधिकांश वडाध्यक्षमा फराकिलो मतान्तरको जीत निकालेको थियो । 

चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसले एमालेलाई २८९५ मतान्तरले पराजित गरेको थियो । नेकपा एसले ५०५ ल्याएको थियो । फाकफोकथुममा एमालेले ५ सय मतान्तरले पालिकामा जित्न पुगेको थियो । माङसेबुङ पालिकामा एमालेले ३ सय मतान्तरले जितेको थियो । देउमाई नगरपालिकामा एमाले एक हजार मतान्तरले मेयरमा विजयी भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x