×

NMB BANK
NIC ASIA

अंग्रेजी नयाँ वर्षमा धुर्मुस–सुन्तली बीमा जागरण अभियानमा, बालबालिकामाझ दीपाश्री

पुस १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मंगलवारबाट इस्वी संवत्को नयाँ वर्ष २०१९ शुरू भएको छ । नयाँ वर्ष नेपालीसहित विश्वभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइन्छ ।

Muktinath Bank

नेपाली कलाकारले अंग्रेजी नयाँ वर्ष कसरी मनाइरहेका छन् ? लोकान्तरले सोधपुछ गरेर कलाकारले मनाइरहेको नयाँ वर्षबारे जानकारी संकलन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीमा जागरण अभियानमा धुर्मुस–सुन्तली


Advertisment
Nabil box
Kumari

हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ दार्चुलामा छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बास्डर उनीहरू छोरीसहित बीमा जागरण कार्यक्रमका लागि दार्चुला पुगेका छन् ।

Vianet communication
Laxmi Bank

गाउँगाउँमा व्यस्त रहनुपर्दा अंग्रेजी नयाँ वर्ष सेलिब्रेसनको कुनै योजना नरहेको सितारामले लोकान्तरसँग बताए । ‘गाउँगाउँमा पुगेर बीमासम्बन्धी सचेतना जनाउनमै व्यस्त हुनेछौं,’ सितारामले भने । १६ गते बैतडी जिल्लाबाट बीमा जागरण कार्यक्रम शुरू गरिएको सितारामले बताए । 

दीपाश्रीको नयाँ वर्ष बालगृहमा

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अंग्रेजी नयाँ वर्ष फर्पिङमा रहेको जीवन उत्थान बालगृहमा मनाउँदै छिन् । ‘न्यू इयर सेलिब्रेसन राम्रो कामबाट गरौं भनेर यहाँ आएका छौं,’ लोकान्तरसँग भनिन्, ‘आज मेरो दाई अनुराग कुवँरको जन्मदिन पनि परेकाले बालगृहका बालबालिकामाझ सेलिब्रेसन गर्दैछौं ।’

कलाकार निर्मल शर्मा, नायक रमेश उप्रेती लगायत न्यू इयर सेलिब्रेसनका लागि फर्पिङ पुगेको दीपाश्रीले बताइन् ।

योजनाविहीन निश्चल बस्नेत

निर्देशक तथा अभिनेता निश्चल बस्नेतको नयाँ वर्ष सेलिब्रेसनको कुनै योजना छैन । ‘म त पोखराबाट फर्किंदै छु,’ उनले भने, ‘अहिलेसम्म कुनै योजना बनेको छैन । काठमाडौं पुगेपछि के हुन्छ ? हेरौ ।’ पत्नी स्वस्तिमा खड्का सुटिङमा व्यस्त रहेका कारण पनि सेलिब्रेसनको मौका नमिल्ने निश्चलले बताए ।

प्रमोसनमा व्यस्त वर्षा राउत

नायिका वर्षा राउतको नयाँ चलचित्र ‘चौकादाउ’ पुस २७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्षा यतिबेला चलचित्रको प्रमोसनमा व्यस्त छिन् । त्यसैले पनि अंग्रेजी नयाँ वर्ष सेलिब्रेसनको कुनै विशेष योजना नरहेको उनले बताइन् ।

वर्षाले भनिन्,  ‘त्यस्तो स्पेसल केही योजना छैन । आजबाट मोफसल प्रमोसनमा जाँदैछौं ।’ मंगलवार हेटौडा र नारायणगढमा पुगेर सञ्चारकर्मीमाझ भेटघाट गर्ने उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x