×

NMB BANK
NIC ASIA

'भद्रगोल'माथि 'पाण्डे समाज'को आपत्ति, के भन्छन् पाँडे ?

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नेपालको लोकप्रिय हाँस्य टेलिसिरियल 'भद्रगोल'को चर्चित पात्र पाँडेको चरित्रप्रति पाण्डे समाजले आपत्ति जनाएको छ । सिरियलमा पाँडेको भूमिका भँडुवाको रूपमा देख्न सकिन्छ । 

Muktinath Bank

पाँडे चरित्रले समग्र पाण्डेहरूको मनमा चोट पुगेको भन्दै 'नेपाल पाण्डे समाज'ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । 'लोकप्रिय टेलिसिरियल भद्रगोलमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोशक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरूको मनमा चोट पुर्‍याएको महसूस गरिएको हुँदा र समाजमा दुखेसो प्राप्त भएकोले समाजको ध्यान केन्द्रित भएको छ,' नेपाल पाण्डे समाजले मिडिया हबलाई पठाएको पत्रमा भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासचिव सागर पाण्डेयको हस्ताक्षर भएको पत्रमा उल्लेख गरिएको छ, 'हाँस्य पात्रको रूपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । त्यसैले यस समाजले समाजमा असर पुर्‍याउने प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानकर्षण गराउन चाहन्छौं ।'


Advertisment
Nabil box
Kumari

तर भद्रगोलमा पाँडेको भूमिका नै निभाएका अर्जुन घिमिरेले भने विशेष थरको मनमा चोट पुर्‍याउने आफूहरूको उद्देश्य नभएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

के भन्छन् भद्रगोलका पाँडे ?

पाण्डे समाजले आपत्ति जनाउनुभएको रहेछ । मैले गरेको क्यारेक्टर पाण्डे होइन, पाँडे हो । यो सिरियल हिजोको आज उत्पादन भएर टिभीमा आएको पनि होइन । सिरियल शुरूआत गरेको आठ वर्ष भयो ठ्याक्कै । यो अवधिमा उहाँको समाजले हाम्रो सिरियल एक भाग पनि हेरेको रहेनछ कि त ! अहिले आएर उहाँहरूले आपत्ति जनाउनुभयो । पाँडे भनेको समाजको नाटकीय पात्र हो । रियलमा कसैलाई गाली गरेको होइन, नाटक हो । यसलाई नाटककै रूपमा बुझिदिनुभएको भए हुन्थ्यो । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिमा मान्छेहरू हुनुहुन्छ । विभिन्न थरका मानिसहरू हुनुहुन्छ । नाम राख्ने क्रममा एउटा न एउटा थरसँग मिल्छ । संयोगवश समाजमा भाँड्ने खाले क्यारेक्टर खोज्दै जाँदा आलुपाँडे टाइपकै राखौं भन्ने भयो । आलुपाँडे राख्ने भन्दा पनि आलु हटाएर पाँडे राखौं भनेर राखिएको हो । समग्रमा चित्त नबुझेको कुरा भन्न पाइन्छ । कथा लेख्ने क्रममा उहाँहरूको भित्री मन दुखेको भए क्षमा चाहन्छौं हामी । व्यक्तिगत रूपमा हामी उहाँहरूलाई धेरै सम्मान गर्छौं । 

तस्वीर : अर्जुन घिमिरे 'पाँडे'को फेसबूक वालबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x