मोरङमा २९ वर्षीय महिला मृत फेला, हत्या भएको आशंका

बैशाख ७, २०७६

विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला परेकी छन् ।

बस्नेतको शव नग्न अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।


ADVERTISEMENT

स्थानीय बजारमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाइँले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

मृतक बस्नेतका पति वैदेशिक रोजगारीमा छन् । उनी १४ वर्षीय छोराका साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी जनाइएको छ ।

बैशाख ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस