ससुरालीमा ढुङ्गा प्रहार गरी श्रीमान्को हत्या

बैशाख ९, २०७६

पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । 

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो । अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


ADVERTISEMENT

बैशाख ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार