मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं – बलिउड अभिनेता सलमान खानको फिल्म ट्युबलाइट अपेक्षा गरेभन्दा कम चलेको थियो । मानिसहरू उक्त पिल्म फ्लप भयो भन्दा सलमान अझै पनि रिसाउँछन् ।
ट्युबलाइटको नाम सुन्नेबित्तिकै सलमान सतर्क भइहाल्छन् । उनी ट्युबलाइट फ्लप फिल्म थिएन भनी तर्क गरिरहन्छन् ।
तर अहिले आएर चाहिँ सलमानले ट्युबलाइट फ्लप भएको स्वीकार्दै त्यसको कारण पनि दिए । उनले भने, ‘तपाईंलाई ट्युबलाइट चलेन जस्तो लाग्यो होला तर धेरै मानिसका लागि त्यो फिल्म चलेको हो । रिलिज चाहिँ गलत टाइममा गरियो जस्तो लाग्छ । त्यो एकदमै स्वीट र इमोसनल फिलम थियो । ह्युमर पनि थियो । मुटु छुने किसिमको फिल्म थियो । ईदको बेलामा मानिस भारतमा किक र दबंग जस्ता याक्सन फिल्म हेर्न मन पराउँछन् अनि हामी चाहिँ उनीहरूलाई इमोसनल फिल्म देखाइरहेका थियौं ।’
सलमानले थपे, ‘मानिसहरू ईदमा रमाइलोका लागि फिल्म हेर्न आउँछन् । फिल्म हेर्न गएका मानिस रुँदै रुँदै फर्किए र हाम्रो त ईद नै बिग्रियो भने । त्यसैले गर्दा हाम्रो फिल्म फ्लप भयो । अहिले पनि ट्युबलाइट टीभीमा आउँदा मानिसहरू मलाई फोन गरेर एकदम राम्रो फिल्म बनेको छ भन्छन् ।’
सलमान खान अहिले आफ्नो नयाँ फिल्म भारतको प्रमोसनमा लागेका छन् ।
एजेन्सी
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...