राष्ट्रिय पुरुष भलिबल : पुलिस सेमिफाइनलमा

जेठ २२, २०७६

काठमाडौँ - प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक ताीलम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा समूह ‘ख’मा रहेको पुलिसले सोही समूहको गण्डकी प्रदेशलाई ३–० सेटमा पराजित गरेको हो । पुलिस आफ्नो एक खेल अघि नै सेमिफाइनल पुगेको छ ।


ADVERTISEMENT

पुलिसले गण्डकीलाई २५–२१, २५–१५ र २५–१६ अङ्कले हराएको हो । गण्डकीले पनि चार खेलबाट नौ अङ्क जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आजै सम्पन्न अर्को खेलमा एपिएफ क्लबले आर्मी क्लबलाई ३–१ सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० अङ्कले हराएको हो ।

समूह ‘क’बाट एपिएफ तीन खेलबाट नौ अङ्क जोड्दै सेमिफाइलनमा प्रवेश गरेको छ । नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लबसहित सात प्रदेशका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

‘लिग कम नकआउट’का आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस