असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं – विमान अपहरणको हल्ला फैलाउने एक भारतीय व्यापारीलाई आठ करोड रुपैयाँको जरिवाना सजाय दिइएको छ ।
भारतमा बनेको नयाँ अपहरणविरोधी कानूनअन्तर्गत बिरजू सल्ला नामक व्यापारीलाई जन्मकैदको सजाय तथा आठ करोड रुपैयाँको जरिवाना लगाइएको हो । मंगलवार राष्ट्रिय अनुसन्धान निकायले बिरजू सल्लालाई नयाँ कानूनअन्तर्गत पहिलो सजाय सुनाइएको छ ।
एन्टी हाइज्याकिङ याक्ट २०१६ अन्तर्गत बिरजूलाई सजाय दिइएको हो । बिरजूले अक्टोबर २०१७ मा मुम्बई–दिल्ली फ्लाइटका बेलामा जेट एयरवेजको शौचालयमा अपहरणको धम्कीसहितको चिट्ठी राखेका थिए । पत्रमा अपहरणकारीहरू विमानमै थिए र विमानलाई सीधै पाकिस्तान अधीनस्थ कश्मीर लग्न भनिएको थियो । विमानलाई अन्त कतै अवतरण गराउने कोशिश गरिएमा यात्रुहरूलाई मारिदिने धम्की पनि दिइएको थियो ।
प्लेनको कार्गो एरियामा बम राखिएको भनिएको थियो ।
यस मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश एम के दवेले सल्लामाथि पाँच करोड भारुको जरिवाना पनि लगाए । यसै रकमबाट विमानका पाइलट र कोपाइलटलाई पनि १–१ लाख भारु दिइनेछ ।
बिरजु सल्लाबाट असुलिएको जरिवानाबाट दुईजना विमान कर्मचारीलाई ५०–५० हजार भारु दिइनेछ । सल्लाको पत्रका कारण विमान कर्मचारी र यात्रीहरूले भीषण मानसिक तनाव भोग्नुपरेकाले उनीमाथि जरिवाना लगाइउको न्यायाधीशको जिकिर रह्यो ।
निकायले दायर गरेको अभियोगपत्रमा सल्लाकी महिला मित्र जेठ एयरवेजकी कर्मचारी भएको र उनले सल्लासँग बस्न अस्वीकार गरेको उल्लेख गरिएको थियो । यो पत्रपछि एयरलाइन्स कम्पनीले सञ्चालन बन्द गर्ने अनि महिला मित्रको जागिर जाने सल्लाको सोच थियो ।
अदालतसमक्ष प्रस्तुत गरिएको सबभन्दा बलियो प्रमाण सल्लाको ल्यापटपमा उपलब्ध पत्र थियो । उनले त्यो पत्र अंग्रेजीमा लेखेका थिए अनि पछि गूगल ट्रान्सलेटरको सहायताले उर्दूमा अनुवाद गरेका थिए ।
गहना व्यापारी बिरजु मुम्बईबाट दिल्ली गइरहेको विमानको बिजनेस क्लासमा यात्रा गरिरहेका थिए । त्यसबेला उनले यो कृत्य गरेका थिए । विमान अवतरण गरिएपछि उजुरी दर्ता गरियो र सल्लालाई पक्राउ गरियो । त्यसपछि एनआईएले घटनाको अनुसन्धान थाल्यो ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...