माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असार १०, २०७६
जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रयास थालिएको छ ।
दुवै पार्टीबीच पार्टी एकताका लागि समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
यादवले पार्टी एकताका लागि सबैभन्दा पहिले राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरसँग काठमाडौंमा भेटवार्ता गरेर पार्टी एकताका लागि पहल गरेका छन् । त्यसपछि समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले हालसम्म राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोसँग ३ पटक भेट गरेर कुराकानी गरिसकेको जनाइएको छ ।
श्रेष्ठले काठमाडौंस्थित महतोको निवासमा गएर वार्ताका लागि कुराकानी गरेका छन् । स्रोतका अनुसार भेटवार्तामा महतोले पार्टी एकताका लागि समाजवादी पार्टीले सबैभन्दा पहिले संघीय सरकारबाट हट्नुपर्ने प्रस्ताव अगाडि बढाएका छन् । त्यसपछि समाजवादी पार्टीका अध्यक्ष यादवले राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवसँग पनि छुट्टै भेटवार्ता गरेका छन् । राजकिशोर यादवले दुवै पार्टीबीच सिद्धान्त र नीति समेत नमिलेकाले पार्टी एकतामा समस्या हुने भनेर यादवलाई प्रष्ट जवाफ दिएका छन् ।
राजपाका शर्तै–शर्त
पार्टी एकताका लागि समाजवादी पार्टीले नै पहल थालेपनि एकीकरण हुनै नसक्ने गरी राजपाले समाजवादीसमक्ष ५ वटा शर्त राखेको छ । पहिलो शर्त हो – कार्यकारी अधिकार सहितको अध्यक्ष राजपाका नेता महन्थ ठाकुरलाई दिनुपर्ने । समाजवादी पार्टीमा अहिले उपेन्द्र यादव कार्यकारी अध्यक्ष छन् । दोस्रो – राजपाका बाँकी अध्यक्ष मण्डलका सदस्यलाई सम्मानजनक स्थान दिनुपर्ने । तेस्रो – २ नम्बर प्रदेशको मुख्यमन्त्री राजपालाई दिनुपर्ने । अहिले प्रदेशमा राजपा र समाजवादी पार्टीको गठबन्धनकै साझा सरकार रहेपनि मुख्यमन्त्री भने समाजवादी पार्टीका उपाध्यक्ष लालबाबु राउत छन् ।
चौथो – समाजवादी पार्टीले आफ्नो सिद्धान्तमा राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई हटाउनुपर्ने । बहुदलीय संसदीय व्यवस्था सहितको प्रणाली नै हुनुपर्ने राजपा नेपालको प्रष्ट अडान रहेको छ । पाँचौं – २ नम्बर प्रदेशसहित प्रदेश नम्बर ५ र ७ मा समेत प्रदेश कमिटीको अध्यक्ष राजपालाई नै दिनुपर्ने राजपाको शर्त रहेको छ । यी ५ वटै माग राजपा नेपालले समाजवादी पार्टीसमक्ष अनौपचारिक रुपमा राखेको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले भने, ‘दुवै पार्टीबीच एकताका लागि गृहकार्य गरेर शीर्ष तहमा संवाद पनि गहन रुपमै भएको छ ।’ संघर्ष गरेर आएको परिवर्तन खतरामा रहेकाले प्राप्त उपलब्धिको रक्षा गर्न मुद्दा र सिद्धान्त मिल्ने पहिचानवादी पार्टीबीच एकता हुनुपर्ने महसूस गरी पार्टी एकताका लागि संवाद थालिएको भण्डारी बताउँछन् ।
‘प्रतिनिधि सभामा राजपा नेपाल तेस्रो ठूलो दल थियो, डा. बाबुराम भट्टराईसँगको एकतापछि समाजवादी पार्टी नेपाल पनि संख्याको आधारमा बराबरीको हैसियतमा आएको छ,’ राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारीले भने, ‘तसर्थ २ अलग–अलग पार्टीबीच एकता हुने भएकाले बराबरीकै हैसियतमा एकता हुने हो ।’ राजपामा ६ जना अध्यक्ष छन् भन्ने कुराभन्दा पनि २ वटा छुट्टाछुट्टै पार्टीबीच एकता हुने हुनाले कुन नेताको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण नरहेको उनले बताए । नेताको व्यवस्थापन एकतापछि हुने महाधिवेशनले टुंगो लगाउन सक्ने हुनाले नेता व्यवस्थापन समस्या नरहेको उनले बताए ।
राजपाको पक्षमा भारतीय प्रधानमन्त्री मोदी !
भारतमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नरेन्द्र मोदीले राजपालाई समर्थन र सद्भाव जनाएको चर्चा पार्टीभित्र चलेको छ । त्यसको पुष्ट्याइँ गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले राजपा नेपालका अध्यक्ष मण्डलका सबै सदस्यलाई खाजा खान बोलाएर मोदीको सन्देश सुनाएको जनाइएको छ ।
जेठ २८ गते पुरीले भारतीय राजदूतावासको आवासीय हल ‘इन्डिया हाउस’मा राजपाका ६ जना अध्यक्ष मण्डलका सदस्यलाई खाजामा बोलाएर भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार भेट वार्तामा पुरीले राजपाको प्रशंसा गरेका थिए । राजपाको अहिलेको अवस्था धेरै नै राम्रो रहेको र राजपा पार्टीभित्र आन्तरिक एकतालाई मजबुत पार्दै अगाडि बढ्नुपर्ने सुझाव उनले दिएका छन् । राजपा एक्लै राम्रो अवस्थामा रहेको उनको संकेत थियो । समाजवादी पार्टीसँग एकता नगरेपनि राजपा नेपालको राम्रो भविष्य रहेको पुरीले संकेत गरेको स्रोतको दाबी छ ।
पुरीसँग भेट वार्ता गरिसकेपछि राजपाले समाजवादी पार्टीसमक्ष एकता हुनै नसक्ने गरी प्रस्ताव राखेको बताइएको छ । नयाँ शक्ति पार्टीसँग एकता गरेपछि समाजवादी पार्टी नेपालमा पनि भित्रभित्रै आन्तरिक असन्तुष्टि रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रतिनिधि सभाका ८ जना सांसद अध्यक्ष यादवसँग असन्तुष्ट छन् ।
सरकारमा समेत रहेकाले सरकार छाड्न पार्टी भित्रबाट पनि दबाब बढिरहेकाले ती सबै विषयबाट विषयान्तर गर्ने उद्देश्यले समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले दुवै पार्टीबीच एकताको कुरा गरेको हुनसक्ने स्रोतको दाबी छ । राजपाले पार्टी एकताका लागि शर्तै–शर्त तेर्स्याएपछि दुवै पार्टीबीच तत्काल एकता हुने सम्भावना नरहेको जनाइएको छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...