उडानका बेलामा मोबाइल प्रयोग गर्दा विमानलाई खतरा, नेटवर्कले पार्छ जोखिममा

साउन ११, २०७६

काठमाडौं – हवाई यात्रामा स्मार्टफोन प्रयोग नगर्न सल्लाह दिने गरिन्छ । तर सरकारले विमानमा वाईफाई सुविधा दिने कुरा झिकेको छ । 

तर अमेरिकी अधिकारीहरूले मोबाइल सिग्नल र केही रेडियो सिग्नलका कारण विमान दुर्घटना हुन सक्ने आशंका सन् २०१४ मै गरेका थिए । रिपोर्टकाअ अनुसार, बोइङ ७३७ र बोइङ ७७७ जस्ता विमानमा मोबाइल सिग्नल ज्यानमारा हुन्छ । 


ADVERTISEMENT

फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार, अमेरिकामा दर्ता गरिएका १३ सयभन्दा बढी जेट विमानका ककपिटमा भएका स्क्रीनले राडार, वाईफाई, मोबाइल फोन सिग्नल जस्ता फ्रिक्वेन्सी समात्न सक्छन् । आफ्ना विमानमा यस्ता

स्क्रीन प्रयोग गर्ने एयरलाइन्स कम्पनीहरूलाई नोभेम्बर २०१९ सम्म स्क्रीन चेन्ज गर्न भनिएको छ । यस स्क्रीनलाई हनीवेल इन्टरनेसनल इन्कले निर्माण गरेको हो ।

एफएएको रिपोर्टअनुसार, संसारभरि असुरक्षित राडार सिस्टम भएका सयौं विमान उडिरहेका छन् । असुरक्षित सिस्टम भएका विमानको एयरस्पीड, उचाइ र नेभिगेसन सहित महत्त्वपूर्ण डेटा कुनै पनि बेला हराउन सक्छ । अनि विमानसँगको सम्पर्क पनि टुट्न सक्छ । 

बोइङ ७३७ मा एकपटक विमानका सबै ६ स्क्रीन एकैपटक ब्ल्यांक भएका थिए । तर स्क्रीन सप्लाई गर्ने हनीवेलले एक सफ्टवेयरका कारण यो समस्या आएको भनेको थियो ।

एजेन्सी
 

साउन ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस