सेनाको उपचार केन्द्रमा सर्पदंशका बिरामी बढ्दै

प्रतिकात्मक तस्वीर
साउन १५, २०७६

कञ्चनपुर – नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।

झण्डै ६ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो ।


ADVERTISEMENT

सर्पदंश उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले दैनिक ४/५ जना सर्पले टोेकेका बिरामीहरु उपचारका लागि आउने गरेको बताए ।

उनले उपचार केन्द्र स्थापना भएयता हालसम्म ७२८ जना बिरामीको उपचार गरिएको बताए । ‘गत आर्थिक वर्षको वैशाखदेखि हालसम्म मात्रै यहाँ १५० बिरामीले समयमै उपचार पाएर ज्यान बचाएँ,’ उनले भने, ‘सर्पदंश उपचार केन्द्र हुँदा स्थानीयवासीलाई धेरै सहज भएको छ ।’

सामुदायिक समितिबाट सञ्चालन गरिए पनि जनशक्ति र अन्य धेरै सुविधाहरु सेनाबाट उपलब्ध छ । ‘समितिलाई माग गरेअनुसार हामीलाई औषधि उपलब्ध गराउँछ,’ कार्कीले भने, ‘अहिले बिरामीका लागि आवश्यक सबै औषधि र जनशक्ति मौज्दात छ ।’

४ शय्या रहेको उपचार केन्द्रको स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासीको भनाइ छ । बर्षात्का बेला तराईमा सर्पदंशको भय बढी हुन्छ ।

साउन १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस