×

NMB BANK
NIC ASIA

पूर्वाधारको अभावले गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरुले रुची देखाएनन्

भदौ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बारा–जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा दुई वर्षअघि शिलान्यास गरिएको गार्मेन्ट प्रोसेसिङ जोन (जीपिजेड) मा हालसम्म उद्योगीहरु आकर्षित हुन सकेका छैनन् । 

Muktinath Bank

विशेष आर्थिक क्षेत्र (सेज) अन्तर्गत सञ्चालनका लागि तयार भइरहेको सो जोनमा सेज प्राधिकरणले तोकेको भाडादर उच्च रहेको तथा संरचनात्मक प्रशासनिक र पूर्वाधारको अभावका कारण आकर्षित हुन नसकेको वीरगञ्जका उद्योगीहरुको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न लगानी बढी पर्ने भएकोले सङ्घीय सरकारले उद्योगीहरुलाई थप सुविधा तथा पूर्वाधार बढाउनु पर्ने माग गरेका छन् । सरकारको अव्यावहारिक नीतिका कारण तयारी पोसाक निर्यातमा फाइदा नहुने भएकोले तयारी पोसाक उद्योगीहरु तत्काल सेजमा जान नसकेको उद्योगी प्रदीप केडियाले बताए ।
 
विसं २०७४ चैत १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको सो सेज ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ । प्राधिकरणले सेजभित्र रहेको जग्गामध्ये १४६ बिघा तयारी पोसाक प्रशोधन केन्द्र स्थापनाका लागि छुट्याएको छ । प्राधिकरणले सेजमा उद्योगीहरुलाई उद्योग स्थापना गर्न बारम्बार आह्वान गरेपनि हालसम्म उनीहरू आइसकेका छैनन् । 


Advertisment
Nabil box
Kumari

छैसट्ठी उद्योगहरु स्थापना गर्न सकिने सो सेजभित्र हाल विद्युत्, ढल, पानी आपुर्ति, प्रशासनिक भवन निर्माण जस्ता पूर्वाधारको काम अघि बढिसकेको भन्दै गार्मेन्ट प्रशोधन केन्द्रका सहायक इन्जिनीयर अजयकुमार चौधरीले भने, “पूर्वाधारमा कुनै समस्या नरहे पनि प्राविधिक कारणले हालसम्म उद्योग स्थापनाका लागि कुनै उद्योगी आउन सकेका छैनन् ।
 
सेजभित्र उद्योग स्थापनाका लागि कायम गरिएको भाडादर महँगो भएकोले उद्योगीहरु आकर्षित हुन नसकेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा प्रदेश सभासदस्य ओमप्रकाश शर्माले भने, “सरकारको गलत नीतिकै कारण यस क्षेत्रका कतिपय उद्योगीहरु पलायन भइसकेका छन् ।”
 
नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण तेस्रो मुलुकसम्म पहुँच नहुँदा अन्य मुलुकले गर्ने निर्यातभन्दा नेपाली वस्तुको निर्यात महँगो हुने भएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको छ । 

Vianet communication
Laxmi Bank

सङ्घीय सरकारले जीपिजेड सञ्चालनका लागि पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ५० करोड विनियोजन गरिसकेको छ । उपमहानगरपालिकाको वडा नं. ४, १४ र १५ लाई छोएको सो सेजमा ए, बी, सी, डी र ई गरी पाँच वटा ब्लकमा सेज निर्माण गर्ने सरकारी नीति रहेको छ । कूल ८३३ बिघा क्षेत्रफलमध्ये ४४३ बिघा क्षेत्रफल ओगटेको ए ब्लकको १६५ बिघा क्षेत्रफलमा गार्मेन्ट प्रशोधन केन्द्र स्थापना गरिनेछ । 

गार्मेन्ट प्रशोधन केन्द्रमा विद्युत् आपूर्तिका लागि सवस्टेशन स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ भने यहाँबाट उत्पादन हुने सामानहरु मध्ये ६० प्रतिशत सामान तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने प्रावधान रहेको बताइएको छ । सो प्रशोधन केन्द्रमा चार हजारदेखि आठ हजार वर्गमिटरको ६८ वटा ‘प्लट’ छुट्याइएको छ । वीरेन्द्र कर्ण/रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x