कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
कात्तिक २१, २०७६
काठमाडौं– सरकारले कालापानी क्षेत्र भारतीय भू–भागमा पार्नेगरी सार्वजनिक गरिएको नक्सा सम्बन्धमा गम्भीर कूटनीतिक पहल गर्ने बताएको छ ।
कूटनीतिक र राजनीतिक पहल तथा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा विवाद टुंग्याउने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका हुन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने कुरामा सरकारको मूलदृष्टि रहँदै आएको दाबी गरे ।
‘भारतीय नक्सामा पारिएको नेपाली भूमि सम्बन्धमा सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेको छ । एकपक्षीय रूपमा जारी भएको राजनीतिक नक्सालाई हामीले अस्वीकार गर्ने र कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कुरा परराष्ट्रमार्फत सार्वजनिक भइसकेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘सीमासँग सम्बन्धित विषयवस्तुहरू टुंगो लगाउन बाँकी छ । कूटनीतिक र राजनीतिक पहल एवं तथ्य प्रमाणका आधारमा त्यसलाई टुंगाउने छौं । नयाँ नक्साबारे असहमति राखिसकेका छौं ।’
मन्त्री बाँस्कोटाले भारतले नयाँ नक्सामा आफ्नो दाबी गरेको कालापानी क्षेत्रमा २०१८ सालमा नै जनगणना भएकाले नेपाली भूमि रहेकोमा विवाद गर्नु आवश्यक नरहेको बताए । ‘२०१८ सालमै त्यस क्षेत्रमा जनगणना भएको थियो । त्यस वरिपरिका ठाउँमा राजस्व उठाउने काम भएका तथ्य छन् । ती भूमि हामीसँग रहेको कुरा स्वतः प्रमाणित हुन्छ,’ उनले भने, ‘आफ्नो भू–भागबाहेक अन्त त जनगणता गर्न सकिँदैन, राजस्व उठाउन सकिँदैन ।’
मन्त्री बाँस्कोटाले सार्वभौम सत्तासँग जोडिएको क्षेत्रको रक्षा गर्नु सरकारको दायित्व भएको र सीमा विवाद समाधानका लागि गम्भीरतापूर्वक पहलकदमी लिइसकेको बताए ।
पढ्नुहोस्, यो पनि :
नेपालमा विरोध चर्किएपछि भारतले भन्यो– 'सीमा एकरत्ती पनि परिवर्तन गरेका छैनौं'
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...