कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।
कार्यालयका प्रमुख दारोगा प्रसादले रु ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५/७६ मा पुल तथा पक्की सडक निर्माण भएको बताइएको छ । साथै कतिपय योजनाका काम पूरा गर्ने प्रक्रिया अगाडि बढेको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार रौतहट, सर्लाही तथा बारा जिल्लालाई जोड्ने सडक तथा पुलसमेत निर्माण गर्नुका साथै स्थानीयस्तरमा बाटोको ग्राभेलिङ गर्ने, माटो पुर्ने, सडक पेन्टिङ, पक्की नाला निर्माण कालोपत्रको कार्य सम्पन्न भएको छ । उक्त निर्माणका कारणले एक जिल्लाबाट अर्को जिल्लामा जान सजिलो भएको बलरा नगरपालिका वडा नं ४ सर्लाहीका वडाध्यक्ष केशव झाले बताए।
कार्यालयका अनुसार सर्लाही, रौतहट र बाराका बरथवा, बलरा कठहरिया, गौर, बङ्गकूल, निजगढ, पतौरा, पिपरा, समनपुर, सन्तपुर, नुनथर, कलैया, मौलापुर, जयनगर, चन्द्रपुर रिङरोड, कटहरियादेखि झाझपुल, निजगढ, पतौरा वनकुल सडक, सखुआबा, मटिअर्वा सडक, विरनगरा, गरुवा सडक, फतुवा हर्खाहा सडक, सन्तपुर कलैया सडक, खैरहा शीतल पुल, पतौरा बङ्कल सडकलगायत पाँच दर्जनभन्दा बढी विभिन्न स्थानमा सडक निर्माण सो अवधिमा गरिएको छ ।
कार्यसम्पन्न भएका कामको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिका पठाइएको कार्यालय प्रमुख दारोगाको भनाइ छ । उक्त निर्माण सम्पन्न कार्यको अनुगमनसमेत गरिएको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...