माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेता र मन्त्रीसँगको भेटघाट तीव्र पारेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीवार मात्रै करीब साढे ४ घण्टा छलफल गरेका ओलीले प्रचण्डलाई शुक्रवार समेत बालुवाटार बोलाएका छन् ।
संवादहीनताको स्थितिमा रहेका भनिएका वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीबीच पछिल्लो ४८ घण्टामा २ पटक भेटघाट भइसकेको छ । गत भदौ ५ गतेदेखि औपचारिक बैठकबाहेक प्रधानमन्त्री ओली र नेता नेपाल मुखामुख गर्ने गरेका थिएनन् ।
ओली–नेपालको छलफलमा राजनीतिमा विकसित पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको थियो । मन्त्रिमण्डल हेरफेर गर्नेदेखि लिएर संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नेसम्मका विषयमा ओली र नेपालबीच छलफल भएको स्रोत बताउँछ ।
अरूलाई ओलीको स्वास्थ्यको चिन्ता, ओलीलाई देशको चिन्ता !
बालुवाटार स्रोतका अनुसार बिहीवार भएको ओली–प्रचण्डबीचको भेटघाटमा प्रचण्डले आफूलाई ओलीको स्वास्थ्य चिन्ता रहेको बताएका थिए । ‘मलाई पार्टीको भन्दा बढी तपाईंको चिन्ता लागिरहेको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरलाई भन्यो, ‘कहाँ कसरी हुन्छ, छिटोभन्दा छिटो उपचारको पहल गर्नुपर्यो । तपाईले तनाव लिएपछि मलाई पनि तनाव बढ्छ ।’
त्यसपछि ओलीले आफ्नो स्वास्थ्यबारे धेरै चिन्ता नलिन प्रचण्डलाई सुझाएका थिए । प्रधानमन्त्री ओलीको मेडिकल टीमले मृगौला पुनः प्रत्यारोपणका लागि पहल गरिरहेको भएपनि कहिले र कहाँ भन्ने स्पष्ट सूचना बाहिर आइसकेको छैन ।
‘तत्कालका लागि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यलाई भन्दा मन्त्रिमण्डल हेरफेर, पार्टी एकताको बाँकी काम, संवैधानिक आयोगमा नियुक्ति, सभामुख चयन र उपनिर्वाचन जस्ता विषयलाई प्राथमिकता दिइरहनु भएको छ,’ ओली निकट एक नेताले लोकान्तरसँग भने, ‘यी सबै काम सम्पन्न भएपछि बल्ल आफ्नो स्वास्थ्योपचारका लागि समय छुट्याउने योजना छ उहाँको ।’
लामो समय संवादहीनताको स्थितिमा रहेका ओली–नेपालबीचको भेटघाटमा पनि नेता नेपालले आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझाएका थिए । ‘बढी तनाव नलिनुस्, आराम गर्नुस्, पार्टी र सरकारका कामहरू अटोमेटिक चलिरहेका छन्’ भनेर नेता नेपालले ओलीसमक्ष हार्दिकता देखाएका थिए ।
प्रचण्ड कार्यकारी अधिकार सहितको अध्यक्ष ?
पूर्व माओवादीनिकट एक नेताले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने मनस्थितिमा पहिल्यैदेखि रहेको भएपनि अहिले त्यसको कार्यान्वयन गर्ने निष्कर्षमा ओली पुगेको दाबी गरे । ‘उहाँ सिंगापुर जानुभन्दा अगाडि नै कमरेड प्रचण्डलाई कार्यकारी अधिकार दिएर छोड्नुभएको हो,’ उनले भने, ‘प्रचण्डकै अध्यक्षतामा सचिवालय बैठक बसेर केही निर्णयहरू पनि भए । अन्तरपार्टी सर्कुलर पनि जारी गरियो । अब उहाँ सरकारको मात्र नेतृत्व लिने मनस्थितिमा पुगेको मैले बुझेको छु ।’
सचिवालयले पहिल्यै निर्णय गरिसकेको हुँदा प्रचण्डलाई बैठकको अध्यक्षता र निर्णय गर्ने अधिकार हस्तान्तरण गर्न कुनै औपचारिकता नचाहिने उनको दाबी छ । प्रचण्डले कार्यकारी अधिकार पाएलगत्तै स्थायी कमिटीको बैठक बोलाएर केही निर्णय गराउनसक्ने सम्भावना देखिन्छ ।
मूलभूत रूपमा पार्टी एकताका प्रक्रियाहरू टुंगो लागिसकेको र अब जनातामाझ जान ढिलो गर्न नहुने भन्दै प्रचण्डले तत्काल स्थायी कमिटी बैठक बोलाएर केही निर्णय गर्ने मनस्थितिमा पुगेका छन् । स्थायी कमिटीले पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्न प्रस्ताव तयार पारेपछि त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ ।
नेकपाको केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र विधानमा उपाध्यक्ष पदको सिर्जना हुने प्रावधान छ । त्यसका लागि सचिवालय बैठकले गत भदौमै वामदेव गौतमलाई सर्वसम्मतिले प्रस्ताव गरिसकेको छ ।
मन्त्रीहरूसँग पनि भेटघाट तीव्र !
प्रधानमन्त्री ओलीले केही दिनमा मन्त्रिमण्डल हेरफेर गर्न सक्ने चर्चा राजनीतिक वृत्तमा फैलिरहेको छ तर त्यसको पूर्व सन्ध्यामा उनले आफूनिकट केही मन्त्रीलाई बालुवाटार बोलाएर भेटघाट गरिरहेका छन् ।
बिहीवार साँझ प्रधानमन्त्रीलाई भेट्न रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल बालुवाटर छिरे । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा बालुवाटार पुगे । मन्त्रीसँग सरकार सञ्चालनका विषयमा कुराकानी भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँगको भेटघाटमा सरकारका कामहरू प्रभावकारी नबनेको विषयमा चासो राख्ने गरेका छन् ।
सरकार सञ्चालनमा समस्या देखिएको भन्दै गत पुसमै सम्पन्न स्थायी कमिटी बैठकमा कुरा उठेको थियो । त्यतिबेलैदेखि मन्त्रिमण्डल हेरफेर गर्ने विषयले पटक–पटक चर्चा पाउने गरेको छ ।
एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पार्टीका सचिवालय सदस्य वामदेव गौतमले मन्त्रिमण्डल पुनर्गठन गर्ने बेला आएको प्रधानमन्त्री ओलीले महसूस गरेको खुलासा गरेका थिए । ‘मन्त्रिमण्डल पुनर्गठन भनेकै सबै मन्त्रीहरूलाई हटाउने र नयाँ ल्याउने भनेको हो,’ गौतमको भनाइ थियो, ‘मैले प्रधानमन्त्रीलाई सोध्दा पनि उहाँले पुनर्गठन नै गर्ने हो भन्नुभएको थियो । पुनर्गठनमा कसैको राजीनामा मागिँदैन ।’
गौतमले कहिले पुनर्गठन हुन्छ भनेर आफूले प्रधानमन्त्रीलाई नसोधेको तर छिट्टै हुनसक्ने संकेत गरेका थिए ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...