२५ असार २०८३, बिहीबार

गृहमन्त्री थापाको भाइलाई जेलमा राख्न अदालतको आदेश

माघ २८, २०७६
गृहमन्त्री थापाको भाइलाई जेलमा राख्न अदालतको आदेश

गृहमन्त्री राम बहादुर थापाकाे भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

संगठित अपराध आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोजमा १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा
छोडेको थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्