२९ असार २०८३, सोमबार

देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी पास नगर्न भन्दै सभामुखलाई बुझायो ज्ञापनपत्र

देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी पास नगर्न भन्दै सभामुखलाई बुझायो ज्ञापनपत्र

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न नहुने भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलवार अपराह्न मोर्चाका अध्यक्ष तथा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रमा एमसीसी कुनै पनि हालतमा संसदबाट पास हुन नहुने उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गरिने बताए । सभामुख सापकोटाले आफ्नो क्षेत्राधिकार अनुसार आवश्यक कदम चाल्ने उल्लेख गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्