नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पाटेबाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँबाट गएको सीआईबीको टोलीले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ बसपार्कबाट बाघको छाला बरामद गरेको हो।
सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा सल्यानका यमबहादुर राना, सुरनित रामजा बुढामगर र रमित सुनार पक्राउ परेका हुन्।
सीआईबीले उनीहरुको साथबाट पाटेबाघको एक थान छाला बरामद गरेको हो।
पक्राउ परेकालाई डिभिजन वन कार्यालय दाङमा बुझाइएको छ।