३० असार २०८३, मंगलबार

ट्रपले हिन्द-प्रशान्त क्षेत्रका लागि प्रस्ताव गरे १.५ अर्ब डलर

माघ २८, २०७६
ट्रपले हिन्द-प्रशान्त क्षेत्रका लागि प्रस्ताव गरे १.५ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा हिँड्नु अघि ट्रम्प प्रशासनले आर्थिक वर्ष २०२१ मा हिन्द-प्रशान्त क्षेत्रका लागि १.५ अर्ब डलरको सहायता प्रस्ताव गरेको छ। 

ह्वाइट हाउसले १ अक्टूबर,२०२० बाट सुरु भइरहेको आर्थिक वर्ष २०२१ को बजेटमा उक्त रकम प्रस्ताव गरेको हो। 

ह्वाइट हाउसका अनुसार उक्त प्रस्तावित बजेटबाट हिन्द-प्रशान्तको भविष्य एवम् अमेरिकी सुरक्षा र दीर्घकालीन आर्थिक हितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह हुनेछ।

२१औँ शताव्दीमा आएर विश्वको करीब आधा जनसंख्या हिन्द-प्रशान्त क्षेत्रमा छ, भने अर्थव्यवस्था पनि तीव्र रुपमा अगाडि बढिरहेको छ।

ह्वाइट हाउसका अनुसार उक्त बजेटले लोकतान्त्रिक कार्यक्रमलाई समर्थन गर्नेछ। र, सुरक्षा सहयोगलाई मजबूत बनाउन पनि सहयोग गर्नेछ। त्योसँगै आर्थिक सुशासन र निजी क्षेत्रको नीति आर्थिक विकासलाई बढवा दिन पनि भूमिका खेल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ट्रम्प २४-२५ फ्रेबअरीमा पत्नीसहित भारतमा जाँदैछन्। 

salt training

कमेन्ट गर्नुहोस्