
घानामा आकर्षक रोजगारीको लोभ देखाडँदै अस्तित्वमै नरहेको तेल कम्पनीमा १२ जना नेपालीलाई पढाउन लागेको भन्दै गैरआवासी नेपाली सड्घ (एनआरएनए) घानाले सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंको गौशालामा रहेको सनराइज ह्युमन रिसेस प्रालिले अस्तित्वमै नरहेको अक्रोमेट आइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना जानबाट तत्काल रोक्न सङ्घले विज्ञप्तिमार्फत सरकारको
ध्यानाकर्षण गराएको हो ।
सङ्घले वैदेशिक रोजगारी (म्यानपावर) कम्पनीले पठाउन लागेकाे तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दावी गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।