
हिमालयन बैंकको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् ।
बुधवार बसेको बैंकको सञ्चालक समिति बैठकले गौतमलाई अध्यक्ष चयन गरेको हो ।
निजामती प्रशासनमा इमान्दार छवि भएका कर्मचारीको रुपमा परिचित गौतम डेढ वर्षअघि कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएका थिए ।
बैंकमा कोषको १४% शेयर छ । त्यसैले कोषका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व रहँदै आएको थियो । यसपटक भने कोषका प्रशासक अध्यक्ष चयन भएका हुन् ।
बैंकको २७ वर्षको इतिहासमा संस्थागततर्फबाट पहिलो पटक अध्यक्ष चयन गरिएको छ । बैंकको सञ्चालक समितिले दिएको जिम्मेवारी अनुसार संस्थागत हितका लागि काम गर्ने अध्यक्ष गौतमले प्रतिबद्धता व्यक्त गरेका छन् ।