
सल्यानको कपुरकोट ३ चोरखालमा नेपाली सेनाको गाडी दुर्घटनामा परेर जमदार यादवप्रसाद भरेलको मृत्यु भएको छ ।
कपुरकोटदेखि बुटवल जाँदै गरेको लु १ ग १२३ नम्बरको सेनाको गाडी बुधवार साँझ दुर्घटनामा परेको हो ।
गाडीमा ७ जना रहेको बताइएको छ । गाडी सडकबाट ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जोशीले लोकान्तरलाई बताए ।
घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लागिएको छ ।