२९ जेठ २०८३, शुक्रबार

सांसदको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

फागुन २, २०७६
सांसदको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा शुक्रवार निधन भएको हो । 

सभापति देउवाले शुक्रवार शोक वक्तव्यमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याएको बताएका छन् ।

विक्रम संवत् २०२६ सालमा जन्मेका उपाध्याय विक्रम संवत् २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए । विक्रम संवत् २०५४ सालको स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । कांग्रेसको बाह्रौं र तेह्रौं महाधिवेशनमा उपाध्याय २ कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए ।

विक्रम संवत् २०७४ सालमा उनी काँग्रेसका तर्फबाट प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्