
मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ।
दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पाखा लगाउँदै मच्छिन्द्र पहिलो पटक उपाधि चुम्न सफल भएको हो। खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले गरेको आत्मघाती गोल नै निर्णायक बन्न पुग्यो।
मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्री किक क्लियर गर्ने क्रममा आर्मीका तामाङले आफ्नै गोल पोष्टमा गोल गर्न पुगेका थिए।
मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बनेको हो। उपाधिसँगै उसले ५० लाख पुरस्कार प्राप्त ग¥यो। आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो। उसले ३५ लाख पुरस्कार प्राप्त ग-यो ।
प्रतियोगिता गत मंसिर २७ गतेदेखि शुरु भएको थियो।